बालेन र म फुट्छौं भनेर आश नगर्नुस् : रवि लामिछाने

बालेन र म फुट्छौं भनेर आश नगर्नुस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र आफूबीचको सम्बन्धलाई लिएर हुने आशंकाको खण्डन गरेका छन्।

आइतबार रास्वपा सांसदहरूको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले आफूहरूबीच फाटो आउँछ कि भनेर 'मुख नमिठ्याउन' विरोधीहरूलाई आग्रह गरे। विगतमा मिल्नुपर्ने दल र नेताहरू नमिल्दा देश विकासमा ७० वर्ष पछाडि परेको उल्लेख गर्दै, उनले बालेन र आफूबीच त्यस्तो स्थिति नआउने स्पष्ट पारे।

सम्बोधनका क्रममा लामिछानेले भने, "हामी देशको भविष्य बनाउने एउटै शर्त र साझा लक्ष्यका साथ अगाडि बढेका छौं। त्यसैले हाम्रो सहकार्य टुट्ने आश नगर्दा हुन्छ।" उनले नयाँ राजनीतिक शक्तिहरू एकताबद्ध भएर नै देशमा परिवर्तन सम्भव हुने दाबी समेत गरे।