काठमाडौं। संघीय संसद सचिवालयले प्रतिनिधिसभाका सांसदहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको छ।
यसका लागि आज सिंहदरबारमा सांसदहरूको बायोमेट्रिक विवरण (औँठाछाप तथा अन्य पहिचान) लिने कार्य भइरहेको सचिवालयले जनाएको छ।
आगामी वैशाख २८ गतेदेखि सुरु हुने संघीय संसदका दुवै सदनको संयुक्त बैठकदेखि यो व्यवस्था पूर्ण रूपमा लागू गरिनेछ। सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको आधा घण्टाभित्रै सांसदहरूको उपस्थिति विवरण सार्वजनिक गर्ने तयारी गरिएको जानकारी दिएका छन्। ्यर
सअघि नयाँ बानेश्वरस्थित संसद भवनमा पनि विद्युतीय हाजिरीको व्यवस्था थियो, तर २०८२ साल भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा उक्त भवनमा आगजनी भएपछि प्राविधिक संरचनामा क्षति पुगेको थियो।
प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा सांसदहरूले ढड्डा (कापी) मा हाजिरी गर्दै आएका थिए। तर, सांसदहरूको उपस्थितिमाथि जनस्तरबाट प्रश्न उठ्ने गरेपछि र उपस्थितिलाई थप विश्वसनीय बनाउन सचिवालयले अबदेखि विद्युतीय हाजिरीलाई अनिवार्य गर्न लागेको हो। यो नयाँ व्यवस्थाले संसदको कार्यसम्पादनमा अनुशासन र पारदर्शिता थपिने विश्वास गरिएको छ।