प्रधानमन्त्री बालेन शाहप्रति हर्क साम्पाङको कटाक्ष: "आफ्नो फोन उठाउन नसक्नेले देश कसरी चलाउलान्?"

प्रधानमन्त्री बालेन शाहप्रति हर्क साम्पाङको कटाक्ष: "आफ्नो फोन उठाउन नसक्नेले देश कसरी चलाउलान्?"

काठमाडौं। श्रमशक्ति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत गम्भीर प्रश्न उठाएका छन्।

धरानका पुराना र महत्त्वपूर्ण मुद्दाहरूमा प्रधानमन्त्रीले बेवास्ता गरेको आरोप लगाउँदै साम्पाङले "आफ्नो एउटा फोन समेत उठाउन नसक्नेले देशको जिम्मेवारी कसरी उठाउलान्?" भन्दै कडा टिप्पणी गरेका हुन्।

अध्यक्ष साम्पाङले धरानको पुरानो अस्पतालको जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाममा लगिएको विषयमा आफूले प्रधानमन्त्रीलाई जानकारी गराउन खोज्दा कुनै सुनुवाइ नभएको गुनासो गरे।

सुकुम्बासीका लागि सुरक्षित राखिएको जग्गा खोसिने तर प्रतिष्ठानका नाममा रहेको सरकारी जग्गा फिर्ता गराउन सरकारले चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्।

यसैगरी, साम्पाङले सरकारको प्रशासनिक संरचना र राजनीतिक नियुक्तिको औचित्यमाथि पनि प्रश्न उठाएका छन्। राजनीतिक नियुक्तिविरुद्ध चर्को भाषण गर्ने सरकारले स्वकीय सचिव (पीए) राख्नुको अर्थ नभएको उनको तर्क छ।

राज्यको ढुकुटी जोगाउने नै हो भने मन्त्रीहरूका स्वकीय सचिवहरू समेत तत्काल हटाउनुपर्ने धारणा राख्दै उनले सरकारको दोहोरो मापदण्डको आलोचना गर्नुभएको छ। प्रधानमन्त्री र मन्त्रीहरू जनताको पहुँचभन्दा टाढा रहेको सङ्केत गर्दै साम्पाङले सामाजिक सञ्जालमार्फत आफ्नो आक्रोश पोखेका हुन्र्।