काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतका ३६ जना पदाधिकारीहरू पदमुक्त भएका छन्। सरकारले ल्याएको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश राजपत्रमा सार्वजनिक भएसँगै करिब १६ सय पदाधिकारीहरू एकैसाथ पदमुक्त भएका हुन्।
सोही अन्तर्गत सञ्चार मन्त्रालय मातहत रहेका ९ वटा निकायका पदाधिकारीहरू पदमुक्त भएका हुन्। मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पदमुक्त भएका ३६ जनाको नामवाली सार्वजनिक गरेको छ।
गोरखापत्र संस्थान, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण, विज्ञापन बोर्ड, सुरक्षण मुद्रण केन्द्र, सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय सूचना आयोग, चलचित्र जाँच समिति र न्यूनतम पारिश्रमिक निर्धारण समितिका पदाधिकारीहरू स्वत: पदमुक्त भएको मन्त्रालयले जनाएको छ ।
