काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्ना पार्टीका सांसदहरूलाई आगामि २०८४ मा हुने स्थानीय तहको निर्वाचनको टिकट दिने प्रतिबद्धता नगर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा सांसदहरूलाई रास्वपाले उक्र निर्देशन दिएको हो ।
आगामी निर्वाचनमा उपयुक्त उम्मेदवार चयन र निर्वाचन पूर्व प्रशिक्षणको लागि वैशाख २० देखि क्यानिडेट क्लबको अभ्यास हुने भएकाले कसैले कसैलाई आगामी निर्वाचनको टिकटबारे कुनै प्रतिबद्धता नगर्न निर्देशन छ’, रास्वपाले भनेको छ ।
कतै त्यस्तो गलत अभ्यास भेटिए कारबाहीको भागिदार हुनुपर्ने रास्वपाले चेतावनी समेत दिएको छ।