चीनमा निर्वाध रुपमा जान पाउनुपर्ने बेलायतको माग

चीनमा निर्वाध रुपमा जान पाउनुपर्ने बेलायतको  माग

काठमाडौं : बेलायतले चीनको सिनजियाङ प्रान्तमा संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरु निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको छ ।

चीनको सिनजियाङ प्रान्तमा हजारौं मुसलमानलाई कडा सुरक्षाका बीच बन्दी बनाएर राखिएको सूचना सार्वजनिक भएलगत्तै बेलायतले राष्ट्रसंघका पर्यवेक्षक निर्वाध रुपमा जान पाउनुपर्ने माग गरेको हो । बन्दीहरुमाथि दुव्र्यवहार हुनुका साथै मानवअधिकारको समेत उल्लंघन गरिएको छ ।तर चीनले भने स्वेच्छिक शिक्षा र प्रशिक्षण प्रदान गरेको दावी गरेको छ ।

चीनले ती मुसलमानहरुलाई कडा सजाय दिएको प्रतिवेदन फेला परेको बताइएको छ । बेलायतका लागि चिनियाँ राजदुत लियु सियामिङले मुसलमानहरुमाथि दुव्र्यवहार भएको भनिएको समाचारमा सत्यता नभएको दावी गरे ।