धापासीमा शनिबार वृहत सांस्कृतिक कार्यक्रम हुँदै

धापासीमा शनिबार वृहत सांस्कृतिक कार्यक्रम हुँदै

काठमाडौं। नयाँ वर्षको अवसर पारेर रोयल मुभिज र टोखा नगरपालिका-४ को सहकार्यमा टोखामा वृहत सांस्कृतिक तथा स्रस्टा सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।

नयाँ वर्षको शुभकामना आदान प्रदानसमेत गरिने सो कार्यक्रममा स्रस्टालाई सम्मान गरिनुका साथै सांस्कृतिक कार्यक्रमकोसमेत आयोजना गरिने छ। शनिबार दिउँसो टोखा नगरपालिका-४, फैमालचुली पुरानो धापासी माविको प्रांगणमा हुने कार्यक्रममा गायकहरु ध्रुवराज खड्का, विष्णु जोशी, घमेस दुलाल, रामकुमार केसी, राजन चौलागाईं, दिनेश श्रेष्ठ, गायिकाहरु प्रतिमा अर्याल, स्मृती गौतमलगायतले प्रस्तुती दिने आयोजनले जनाएको छ।