सरकारको विरोधमा विद्यार्थी प्रदर्शन

सरकारको विरोधमा विद्यार्थी प्रदर्शन

काठमाडौं। विद्यार्थी संगठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा नेपाल ल क्याम्पसका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् ।

बिहीबार उनीहरुले रामशाहपथस्थित सडकमा मार्चपास गर्दै विरोध प्रदर्शन गरेका हुन्।

केही दिनयता विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा विरोध निरन्तर प्रदर्शन भइरहेका छन्। सरकारले विश्वविद्यालयहरूमा रहेका विद्यार्थी सङ्गठन खारेजी गर्ने तयारी गरिरहेको छ।