रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

रास्वपाले टुंग्यायो ११ संसदीय समिति सभापतिका उम्मेदवार (सूचीसहित)

काठमाडौं। संसद्को सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  २ संयुक्तसहित १० एकल समितिका सभापतिको उम्मेदवार टुङ्ग्याएको हो ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) को सभापतित्वमा बसेको बैठकले उम्मेदवारहरूको नाम टुङ्गो लगाएको हो।

रास्वपाले संसद्को प्रभावकारिता बढाउन र सुशासन कायम गर्न आफ्ना विज्ञ सांसदहरूलाई समितिको नेतृत्वमा पठाउने रणनीति लिएको छ।

सार्वजनिक लेखा समितिको सभापति भने रास्वपाले प्रमुख प्रतिपक्ष दललाई दिने भएको छ । संसदीय समितिहरुको निर्वाचन शुक्रबार हुँदैछ । आज त्यसका लागि उम्मेदवारी दर्ता हुँदैछ ।