काठमाडौं। प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रोचक ढंगले यसको चर्चा भइराखेको छ । धेरै मन्त्रीसँग सयौ तोला सुन भएको खुलेको छ ।
कतिपयले सुरुमै यत्तिका सम्पत्ति रहेछ भनेका छन् भने कतिपयले पारदर्शी ढंगले मन्त्रीले सम्पत्ति सार्वजनिक गरेको भन्दै खुशी व्यक्त गरेका छन् ।
सबैभन्दा रमाइलो सम्पत्ति विवरण भने कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको देखिन्छ । उनको पाँच तोला सुन छ भने एक सय तोला चाँदी रहेको छ ।
विभिन्न बैंकमा एक लाख २६ हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी उनले माइतीले दिएको दुईवटा बाख्रा र १० वटा कुखुरा रहेको विवरणमा समावेश गरेकी छन् ।