कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्राही भएको नेकपा संयुक्तको ठहर

कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्राही भएको नेकपा संयुक्तको ठहर

काठमाडौं । घनश्याम भुसाल नेतृत्वको नेकपा संयुक्तले जेनजी घटना छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको छानविन प्रतिवेदन अस्वीकार गरेको छ । शुक्रबार बसेको पार्टीको रास्ट्रिय सम्मेलन आयोजक कमिटीको बैठकले सो प्रतिवेदन अस्वीकार गर्दै शक्तिशाली छानविन आयोग गठन गर्न माग गरेको छ ।

‘गौरीबहादुर कार्की आयोगको प्रतिबेदन अपूर्ण र पूर्वाग्राही भएकोले वहालवाला न्यायाधिशको अध्यक्षतामा शक्तिशाली छाननविन आयोग गठन गरी भाद्र २३ र २४ को घटनामा संम्लग्न अपराधीहरुलाई कार्वाही गर्न यो वैठक जोडदार माग गर्दछ’ वैठकपछि जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यस्तै, बैठकले ०४८ देखिएका उच्चपदस्थ कर्मचारी, राजनीतिक व्याक्तिहरु, न्यायपालिकाका पदाधिकारी एवं सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गरी कारबाही गर्न माग गरेको छ।