नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

काठमाडौं। नवनियुक्त दुई मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति निवास शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई मन्त्री पदको शपथ खुवाएका हुन्।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शुक्रबार नै उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए। उनले रामजी यादवलाई श्रममन्त्री र गौरीकुमारी यादवलाई मन्त्री नियुक्त गरेका थिए। यसअघि हिजोमात्रै श्रम मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए।

उद्योग मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए। रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन्।