कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)

कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ।

कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको छ।

केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति विधानले तोकेबमोजिमको व्यवस्थालाई लागू गर्ने र अन्य जिम्मेवारीहरू पूरा गर्ने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए।

महाधिवेशनका लागि कांग्रेसले १ वैशाखदेखि मसान्तसम्म देशभरका वडाहरूबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने कार्यतालिका बनाएको छ।