काठमाडौं। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा उनलाई शुक्रबार पक्राउ गरिएको हो।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा अनुसन्धान भइरहेको छ । सोही क्रममा सीआईबीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेको अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ।