दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक बस्दै

दलको नेता चयन गर्न एमाले संसदीय दलको बैठक बस्दै

काठमाडाैं। नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दै छ ।

बिहीबारदेखि संसदको अधिवेशन सुरु हुने भएकोले आजको बैठकले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतकको टुंगो लगाउने सम्भावना छ ।

पार्टीका पूर्वउपाध्यक्ष एवं सांसद गुरु बरालका अनुसार दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आयोजना गरिएको छ ।

गत २१ फागुनमा भएको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ सिट गरी २५ जना सांसद रहेका छन् ।

बरालका अनुसार बैठकमा पार्टीका महासचिव शंकर पोखरेलले सांसदहरूलाई पार्टीको नीति र संसदमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा जानकारी गराउनेछन् ।