काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

काठमाडौंका तत्कालीन सीडीओ रिजाललाई हाजिरी जमानीमा छाडियो

काठमाडौं। काठमाडौं जिल्लाका तत्कालीन सीडीओ छवि रिजाललाई हाजिरी जमानीमा छाडिएको छ । मंगलबार बिहान पक्राउ परेका रिजाललाई हाजिरी जमानीमा छाड्ने निर्णय भएको हो ।

उनलाई पक्राउ गरी काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।

काठमाडौं प्रहरी परिसरका एसपी पवन भट्टराईका अनुसार सरकारी वकिल कार्यालयसँगको परामर्शपछि उनलाई हाजिरी जमानीमा छाडिएको हो ।