राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन  आह्वान

काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

आज बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको दुवै अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

राष्ट्रपति कार्यालयबाट जारी भएकाे विज्ञप्ति अनुसार, संविधानअनुसार, राष्ट्रपति पौडेलले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१२/१६ को सिफारिस अनुसार संवत् २०८२ साल चैत १९ गते बिहीबार, दिउँसो २ बजे संघीय संसद भवन, सिंहदरबारमा अधिवेशन सञ्चालन गर्न आह्वान गरेका हुन्।