जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन सांसदहरुलाई सचिवालयको निर्देशन

जेठ १० गतेभित्र सम्पत्ति विवरण बुझाउन सांसदहरुलाई सचिवालयको निर्देशन

काठमाडौं। संघीय संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई ०८३ को जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन भनेको छ ।

सचिवालयको सांसद सुविधा शाखाले सूचना निकालेर नवनिर्वाचित प्रतिनिधि सभाका सदस्यहरूलाई सम्पत्ति विवरण बुझाउन भनेको छ।

सूचनामा भनिएको छ,‘प्रतिनिधि सभाका माननीय सदस्यहरुले मिति २०८३ जेठ १० गतेसम्म आर्थिक वर्ष २०८१/०८२ को अद्यावधिक सम्पत्ति विवरण सिलबन्दी खाममा देहायको विवरणहरू उल्लेख गरी संघीय संसद सचिवालयको सांसद सुविधा व्यवस्थापन शाखा भवन नं १ को कोठा नं २०७० मा कार्यालय समयभित्र दर्ता गराउनुहुन निर्देशानुसार यो सूचना प्रकाशन गरिएको छ।’