काठमाडौं । सरकारले रिक्त राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
राष्ट्रपतिले मनोनीत गर्ने एक सिटका लागि सरकारले सिफारिस गरेर पठाउनुपर्ने हुन्छ।