काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसादप्रति राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले श्रद्धाञ्जली अर्पण गरेका छन्। भक्तपुरको गुन्डुस्थित निवास पुगेर अध्यक्ष दाहालले आइतबार श्रद्धाञ्जली अर्पण गरेका हुन्।
सो क्रममा उनले स्व. मोहनप्रसाद ओलीको तस्वीरमा माल्यार्पण पनि गरे। साथै, अध्यक्ष ओलीसहित परिवारमा समवेदना पनि प्रकट गरेका छन्। आजै ओलीलाई भेट्न प्रधानमन्त्री सुशीला कार्की, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि गुन्डु पुगेका थिए।
मोहनप्रसादको ९७ वर्षको उमेरमा गत शुक्रबार निधन भएको थियो ।