काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा राष्ट्रियसभाका नेता कृष्णप्रसाद सिटौलाले चुनावी परीणाम अप्रत्याशित आएको बताएका छन् ।
आज (बुधबार) सिंहदरबारमा राष्ट्रियसभाका सदस्यहरुको अन्तरक्रियापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । अहिलेको निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको विषयमा छिट्टै समिक्षा हुनेपनि उनको भनाई छ ।
उनले कांग्रेसले मात्रै नभएर अन्य पूराना दलहरुले पनि अप्रत्यासित नजिता व्यहोरेको बताए । सिटौलाले भने,‘पुराना दलहरू सबैको हैसियत उस्तै(उस्तै देखिन्छ। पुराना दलहरूको सबैको लागि एउटा अप्रत्याशित नै जस्तो देखिन्छ। पार्टीको आन्तरिक विषयमा बिस्तारै छलफल गर्छौँ। कांग्रेसले उठ्ने बाटोमा सुरु गरिसक्यो।’