काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विगतको निर्मम समिक्षा गर्दै अस्वाभाविक महत्वकांक्षा, आवेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक बृहत्त एकताको लागि निष्ठा र समर्पण भावका साथ अघि बढ्नु सबैको नैतिक कर्तव्य र जिम्मेवारी रहेको बताएका छन् ।
पार्टीले यो निर्वाचनमा कांग्रेसले नराम्रो पराजय व्यहोरेपछि उनले अब निर्मम समिक्षा गरिनुपर्ने बताएका हुन् । उनले फेशबुकमार्फत आफूहरुको अगाडि खडा भएको हिमालयन चूनौतिको सामना गर्न यही नै उपयुक्त बाटो भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्–
प्रतिनिधिसभाको निर्वाचनको परिणामले विशेष गरि सबैभन्दा बढि बिभिन्न तहमा विभिन्न जिम्मेवारिमा कृयाशिल हामी काँग्रेसिहरुलाई गंभीर सन्देश प्राप्त भएको छ हाम्रा भगवानरुपि परमआदर्णिय मतदाताहरुको निर्णयबाट! अब आबेग,उत्तेजना र बदलाको भावना बाट मुक्त भएर अत्यन्त संयम, जिम्मेवार भएर हामी सबैले म म भन्दै बिगतको निर्मम समीक्षा गर्दै अस्वाभाविक महत्वाकाक्षा,आबेग र आग्रहबाट मुक्त भएर पार्टीको व्यापक–बृहत एकताका लागि निष्टा र समर्पण भावका साथ अगाडि बढ्नु पर्ने हामी सबैको नैतिक कर्तब्य र जिम्मेवारी छ । हाम्रा अगाडि खडा भएको हिमालयन चुनौतिको सामाना गर्ने यहिनै उपयुक्त बाटो हो त्यस्तो लाग्छ । तपाईंहरुको मला ।