प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेस प्रवक्ताको आपत्ति, भन्छन्, ‘सहमतिको राजनीति बिथोल्ने प्रयत्न’

प्रदेश प्रमुख हटाउने निर्णयप्रति कांग्रेस प्रवक्ताको आपत्ति, भन्छन्, ‘सहमतिको राजनीति बिथोल्ने प्रयत्न’

काठमाडौँः प्रदेश प्रमुख हटाउने सरकारको निर्णयको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विरोध जनाएको छ। प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट लेख्दै सरकारको निर्णयको आलोचना गरेका छन्।

शर्माले समयको प्राथमिकताभन्दा सरकारको ध्यान अन्यत्र भएको टिप्पणी गरेका छन्। उनले समीक्षा बिनै निर्णय गरेकोमा आपत्ति समेत जनाएका छन्।

सरकारको निर्णय सहमतिको राजनीति बिथोल्ने प्रयत्नका रुपमा रहेको पनि बताएका छन्। निर्वाचन आचारसंहिताको पालना नगरेको पनि शर्माको टिप्पणी छ।

https://twitter.com/bishwaprakash77/status/1190982597234413572?s=20