काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फेशबुक पेज ह्याक गर्ने प्रयास भएपछि उनको सचिवालयले हाललाई उक्त पेज लक गरेको छ।
लामिछानेका स्वकिय सचिव अविनाश आचार्यले सभापतिको पेजमा आज बिहानैदेखि बाह्य व्यक्तिहरुले अनाधिकृत पहुँच बनाउने र ह्याक गर्ने पटक पटक प्रयास गरेको जानकारी गराएका छन् ।
सुरक्षा संवेदेनशीलतालाई ध्यानमा राख्दै हाललाई उक्त फेशबुक पेज मेटाद्धारा लक गरिएको पनि सचिवालयले जनाएको छ । पेज पूर्ण रुपमा सुरक्षित नभएसम्म र आफूहरुको नियन्त्रणमा फिर्ता नआएसम्म यसबाट कुनैपनि नयाँ सामग्री पोष्ट नहुने स्पष्ट पारिएको छ ।