विद्यार्थीसँग सेल्फी खिच्दै एमाले अध्यक्ष ओली

विद्यार्थीसँग सेल्फी खिच्दै एमाले अध्यक्ष ओली

काठमाडौं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली चुनावी अभियानमा झापामा छन्। उनी झापा-५ का उम्मेदवार हुन्। योपटकको निर्वाचनमा उनलाई ३५ वर्षीया बालेन शाहले चुनौति पेश गरेका छन्। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ।

एमालेले पनि अध्यक्ष ओलीलाई नै भावी प्रधानमन्त्री घोषणा गरेको छ। झापा–४ मा यसपटक ओलीले आक्रामक चुनावी अभियान थालेका छन्।

उनी सबै मतदाताहरुको कुरा सुन्नेगरि आफ्नो क्षेत्रमा व्यस्त छन्। आज भने उनले ‘विद्यार्थीसँग बा’ भन्ने कार्यक्रममा भाग लिएका छन्। जहाँ उनले विद्यार्थीहरुसँग अन्तरक्रिया गरेका थिए।