काठमाडौं। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबाट सर्लाही–३ का उम्मेदवार रहेका महेशराज दाहालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै कांग्रेसका उम्मेदवार विनोद कुमार खनाललाई समर्थन गर्ने भएका छन् ।
जाँतो चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी भएका दाहालले आज (मंगलबार) बागमतीमा आयोजित कार्यक्रममार्फत आफ्नो उम्मेदवारी निष्क्रिय बनाउँदै खनाललाई सघाउने घोषणा गरेका छन् ।
दाहालले आफूलाई सघाउने घोषणा गरेपछि कांग्रेसका उम्मेदवार खनालले आभार प्रकट गरेका थिए । आजमात्रै खनालको चुनावी अभियानमा पार्टीका सभापति एवम् सर्लाही–४ का उम्मेदवार गगन थापाको साथ थियो । उनले खनाललाई जिताउनको लागि सो क्षेत्रका जनतासँग अपिल गरेका थिए ।