प्रविणको ‘नयन’मा सन्दीप र उपासना रोमान्टिक

प्रविणको ‘नयन’मा सन्दीप र उपासना रोमान्टिक

काठमाडौं । गायक प्रविण बेडवालको स्वर रहेको ‘नयन’ बोलको गीतको भिडियो रिलिज गरिएको छ ।

लेखन विधामा निरन्तर कलम चलाइरहेका गीतकार तथा गजलकार आरजु गिरीको शब्द रचना रहेको गीतमा गायक प्रविण स्वयमकै संगीत सृजना रहेको छ ।

भिडियोमा सन्दीप वस्ती र उपासना पाठकको रोमान्टिक अभिनय देख्न सकिन्छ । अनुभवी निर्देशक कृष्णदेव रुपाखेतीले कलात्मक शैलीमा भिडियोमा प्रस्तुत गरेका छन् ।

भिडियो रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको निर्देशक रुपाखेती बताउँछन् । फणिन्द्र राइको एरेन्ज, प्रकाश मिश्रको मिसिङ मास्टरिङ रहेको ‘नयन’मा टिमवर्क राम्रो भएका कारण र कलाकारले आफूलाई चरित्रमा ढाल्न सफल भएकै कारण भिडियोले सबैको मन जितेको गायक बेडवाल बताउँछन् ।

उत्सब दाहालको छायांकन तथा विकाश दाहालले सम्पादन गरेको भिडियो नेपाली गजल बहारबाट बजारमा आएको हो ।