कोरोनाका कारण यूएईमा नेपालीहरुको रोजगारी गुमिदै

कोरोनाका कारण यूएईमा  नेपालीहरुको  रोजगारी गुमिदै

एजेन्सी:वर्षौंदेखि संयुक्त स्वदेशमा रोजगारी नपाएका हजारौं नेपालीले पसिना बगाइरहेका अरब इमिरेट्स (यूएई) नेपालीको प्रमुख रोजगार गन्तव्य हो । तर विश्वव्यापी महामारीको रूप लिएको कोरोनाका कारण यहाँ कार्यरत नेपाली रोजगारी गुम्ने भयले आक्रान्त छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणलाई विश्व महामारीको संज्ञा दिए लगतै यूएई सरकारले सतर्कता अपनाउदै पर्यटकीयस्थल, रेस्टुरेन्ट, मानिसहरुको जमघट हुने प्रमुख क्षेत्र तथा विद्यालयहरू अनिश्चितकालका लागि बन्द गरिएका छन् । साथै यूएई भ्रमणमा आउनेहरूका लागि भिसासमेत बन्द गरिएको छ ।

दुवईको एक होटलमा कार्यरत मकवानपुरका दिनेश खड्का कोरोना प्रभावले यहाँ कार्यरत नेपालीमा रोग भित्रिने त्राससँगै रोजगारी गुम्ने चिन्ता पनि थपिएको बताउछ । खड्काका अनुसार, कम्पनीले आफ्नो मुलुकको अवस्था हेरेर वार्षिक बिदा लिन बाँकी रहेकाहरूलाई तत्काल बिदामा बस्न तथा बिदा सकाएर फर्किएकालाई समेत विना तलबी बिदा लिन र त्यो सम्भव नभए यूएईमै बिदामा बस्न भनेपछि धेरै कामदार रोजगारी गुम्ने चिन्तामा छट्पटिएको उनले बताए ।

कोरोनाको संक्रमणपछि खासगरी सेवाप्रदायक क्षेत्रमा काम गर्ने कामदार समस्यामा परेका छन् । होटल, ट्राभल एजेन्सी, सेल्स, सवारी चालक र सुरक्षागार्डमा काम गर्ने नेपाली कामदार बढी प्रभावित भएका छन् ।