एमाले परित्याग गरेका बबन सिंहले चुनावमा ऋषि धमलालाई सघाउने

एमाले परित्याग गरेका बबन सिंहले चुनावमा ऋषि धमलालाई सघाउने

काठमाडौं। भर्खरै एमाले परित्याग गरेका रौतहटका प्रभावशाली नेता बबन सिंहले रौतहट-४ बाट चुनाव लडेका ऋषि धमलालाई सघाउने भएका छन्। संविधानसभा सदस्यसमेत रहेका नेता सिंहले आफ्नो समर्थन ऋषि धमलालाई रहने बताएका हुन् । आज विहान धमला र सिंहबीच भेटवार्ता भएको हो।

धमला यतिवेला चुनावी प्रचारप्रसारको क्रममा रौतहटमै छन्। धमलाले देशको समग्र विकासको लागि पनि पहिले मधेशको विकास हुनुपर्ने एजेण्डा अघि सारेका छन्। ०६४ सालमा स्वतन्त्र उम्मेदवारी दिएका सिंहले रौतहट–१ मा शानदार जित निकालेका थिए।

उनी जसपा, नेकपा हुँदै पछिल्लो समय एमालेमा सक्रिय थिए। तर, भर्खरै पत्रकार सम्मेलन गर्दै सिंहले एमालेबाट राजीनामा दिएको घोषणा गरेका थिए। धमलाले चुनाव प्रचारमा समेत आउनको लागि गरेको आग्रहमा सिंहले हुन्छ भन्ने जवाफ दिएका छन्।