काठमाडौं। नेपाल विद्यार्थी संघले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउनको लागि १६५ वटै निर्वाचन क्षेत्रहरुमा संघको प्रभावकारी परिचालनको निम्ति संयोजकसहित निर्वाचन परिचालन समिति गठन गरेको छ ।
नेविसंघको विधान (२०२७/२०७५) को धारा १२ (५) बमोजिम आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनका लागि १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रहरुमा नेपाल विद्यार्थी संघको प्रभावकारी परिचालनका निम्ति देहाय बमोजिमका संयोजक रहने गरी निर्वाचन परिचालन समिति गठन गरिएको जनाईएको छ । सभापति गगनकुमार थापाले निर्वाचन लडेको सर्लाही क्षेत्र नम्बर ४ मा सोनु कुशवाहा संयोजक तोकिएका छन् ।





