हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौंः सभापति थापा

हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौंः सभापति थापा

काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरु परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । सर्लाही क्षेत्र नम्बर ४ बाट प्रनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका सभापति थापाले आफ्नो फोटो सार्वजनिक गर्दै प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘प्रिय साथीहरू, हामी परिष्कृत कांग्रेसमार्फत समुन्नत देश निर्माणका लागि पूर्ण प्रतिबद्ध छौं,’– उनले भनेका छन् ।

यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट चुनाव लड्दै आएका कांग्रेस सभापति थापा यसपटक मधेश झरेका छन् । सर्लाही ४ मा डा.अमरेशकुमार सिंहसँग कांग्रेस सभापति थापाको प्रतिस्पर्धा हुने निश्चित भएको छ । सिंह पनि कांग्रेसका पूर्व नेता हुन् । गत २०७९ को आम निर्वाचनमा कांग्रेुस परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका सिंहले यसपटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका छन् ।

सभापतिमा थापा निर्वाचित भएसँगै उनले प्रतिनिधिसभा सदस्यको टिकट बाँड्दा नयाँ र युवालाई प्राथमिकता दिएका छन् ।