काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मनोनयन दर्ता गराएका छन्। झापा ५ को निर्वाचन अधिकृतको कार्यालय पुगेर ओलीले मनोनयन दर्ता गरे।
उनी पार्टीका नेता-कार्यकर्ता र समर्थकको जुलुसहित मनोनयन गराउन पुगेका थिए। यहाँबाट रास्वपा वरिष्ठ नेता बालेन साह पनि ओलीसँग भिड्दै छन्। उनले केहीबेरअघि मनोनयन गराइसके।