काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापा क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गरेका छन् ।
मंगलबार झापा क्षेत्र नम्बर ३ स्थित निर्वाचन अधिकृत कार्यालय पुगेर लिङ्देनले उम्मेदवारी दर्ता गरेका हुन् ।
अध्यक्ष लिङ्देनले आज उम्मेदवारी दर्ता गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
यस क्षेत्रबाट नेपाली कांग्रेसले राजेन्द्र घिमिरे उम्मेदवारी दर्ता गराउँदै छन् ।