शिक्षामन्त्री पुनले दिए राजीनामा

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिएका छन् ।

मंगलबार अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।

‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’, अर्थमन्त्री खनालले लेखेका छन् ।