दाङ क्षेत्र नम्बर १ मा मेटमणिले नै पाए नेकपाको टिकट

दाङ क्षेत्र नम्बर १ मा मेटमणिले नै पाए नेकपाको टिकट

काठमाडौं। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को टिकट मेटमणि चौधरीले पाएका छन्। पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डले चौधरीलाई टिकट दिएका हुन्।

दाङ १ मा साविक एकीकृत समाजवादीका मेटमणि उम्मेदवार हुने कि साविक माओवादीका कुलप्रसाद केसी (सोनाम) भन्नेमा विवाद थियो। लुम्बिनीका पूर्वमुख्यमन्त्री केसीले आफूले टिकट नपाए बागी उम्मेदवार बन्ने बताएका थिए। यही विवादका बीच चौधरीले टिकट हात पार्न सफल भएका हुन्।

दाङ क्षेत्र नम्बर १ बाट मेटमणि चौधरी यसअघि दुई पटकसम्म सांसद निर्वाचित भइसकेका छन्। नेकपाले दाङ क्षेत्र नम्बर २ मा निर्मल आचार्य र ३ मा धनबहादुर मास्कीलाई उम्मेदवार निश्चित गरेको छ।