खेलकुदमन्त्री बब्लुले दिए राजीनामा, सिराहा-१ बाट उम्मेदवार बन्दै

खेलकुदमन्त्री बब्लुले दिए राजीनामा, सिराहा-१ बाट उम्मेदवार बन्दै

काठमाडौं। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्री नियुक्त भएका बब्लुले फागुन २१ को निर्वाचनमा उम्मेदवार बन्ने तयारी अनुसार राजीनामा बुझाएको जनाइएको छ। तर सार्वजनिक बिदा भएकाले स्वीकृत हुन बाँकी रहेको छ।

गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सिराहा मा उम्मेदवार बन्ने तयारी गरेका छन्। उनलाई रास्वपाले सिराहा-१ बाट उम्मेदवार बनाउने भएको छ। पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषय विवादमा परेको थियो। अमेरिका जाने विषयमा विवाद बढेपछि उनीसँग प्रधानमन्त्री सुशीला कार्की पनि असन्तुष्ट थिइन्।