एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं। आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनपछि प्रधानमन्त्री बन्ने सम्भावित पात्रको चर्चा सुरु भएको छ । त्यसका लागि दलहरुले आ–आफ्ना उम्मेदवारलाई अगाडि सारिरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ । यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको उम्मेदवार बन्ने निश्चित छ । नेकपा (एमाले) ले पनि केपी शर्मा अ‍ोलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने भएको छ ।

एमालेका नेता सूर्यबहादुर थापा क्षेत्रीले ओलीलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनाएर अगाडि बढ्ने बताए । ओली अनुभवी, काविल, सक्षम र योग्य प्रधानमन्त्रीको उम्मेदवार रहेको नेता थापा क्षेत्रीले बताए ।

‘केपी शर्मा ओली त हो नि हामीले भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने । म हुने होइन । हाम्रो पार्टीका अरु नेताहरु हुनुहुन्न । हाम्रो त जेन–जी, युवा, अनुभवी, काविल, सक्षम भने पनि सबै हिसाबले एमालेको तर्फबाट केपी शर्मा ओली नै हो,’– नेता थापा क्षेत्रीले भने ।