आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन, आजै घण्टीघर पस्ने

आज काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन, आजै घण्टीघर पस्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज महानगरको मेयरबाट राजीनामा दिने तयारीमा रहेका छन् । उनले आज मेयरबाट राजीनामा दिएर दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय कार्यालय प्रवेश गर्ने कार्यक्रम रहेको छ । चमतीस्थित घण्टीघर औपचारिक पार्टी प्रवेशको विशेष तयारी भइरहेको छ ।

रास्वपा स्रोतका अनुसार पार्टी कार्यालयमा उनको भव्य स्वागत र शपथको तयारी भएको छ । उनी दिउँसो २ बजे रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुनेछन।

उनी २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौंको मेयर बनेका थिए । रास्वपाले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा बालेनलाई झापा ५ बाट उम्मेदवार बनाउँदै छ । निर्वाचनपछि उनी संसदीय दलको नेता हुँदै प्रधानमन्त्री बनाउने रास्वपाले घोषणा गरेको छ ।