काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले सरकारले सम्पत्ति शुद्धिकरण र संगठित अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उन्मुक्ति दिने तयारीप्रति गम्भिर आपत्ति जनाएका छन् ।
‘अन्तरिम सरकारका महान्यायाधीवक्ताले संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोग लागेका मानिसहरूको मुद्दा खारेज गर्ने निर्णय गरी युवाहरूको आवाजलाई कुल्चेको मात्र छैन, खैरो सूचीमा परी कालो सूचीमा पर्ने खतरामा रहेको देशलाई कुशासन र स्वेच्छाचारीतन्त्रमा धकेल्ने कुचेष्टा गरेको छ ।’
महान्यायाधीवक्ताको कार्यालयले सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त लामिछानेसहितलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा छुट गर्ने निर्णय गरेको छ ।