रास्वपा, नाउपा र थरुहट/थारुवान अभियन्तावीच बृहत्त राजनीतिक समायोजनसम्बन्धी सहमति

रास्वपा, नाउपा र थरुहट/थारुवान अभियन्तावीच बृहत्त राजनीतिक समायोजनसम्बन्धी सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्व र थरुहट÷थारुवान अभियन्ताहरुबीच बृहत्त राजनीतिक समायोजनसम्बन्धी सहमति भएको छ ।

सहमतिपत्रमा रास्वपाको तर्फबाट उपसभापति डोलप्रसाद अर्याल, थरुहट÷थारुवान अभियन्ता लक्ष्मण थारु, नाउपाका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित र थरुहट÷थारुवान अभियन्ता सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।

उनीहरु रास्वपाको नाम, दलको साविककै झण्डा, चुनाव चिन्ह घण्टीमा समाहित भएका हुन् । ९ बुँदे सहमतिको बुँदा नम्बर ५ मा टिकापुर घटनालाई राजनीतिक आन्दोलनको रुपमा स्विकार्दै राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा संघीय सरकार निर्माण भएपछि शान्ति–सुरक्षा सुधारसँग सम्बन्धित सबै उच्चस्तरीय आयोगका सिफारिशहरुको उचित कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको छ ।