काठमाडौं। नेपाली काँग्रेसले निर्वाचनअघि नै प्रतिनिधि सभा पुनःस्थापनाको फैसला आएको त्यसलाई स्वीकार गर्ने बताएको छ। सोमवार निर्वाचनका लागि समानुपातिक बन्द सूचिको नाम बुझाउनका लागि सूचना दिन निर्वाचन आयोग पुग्नुभएका नेपाली काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सो कुरा बताएका हुन्।
उनले काँग्रेसले पहिलो प्राथमिकतामा निर्वाचनलाई राखेको उल्लेख गर्दै त्यसअघि नै अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरे त्यसलाई स्वागत र स्वीकार गरेर अघि बढ्ने स्पष्ट पारे। उनले नयाँ राजनीतिक शक्तिहरुबीचको एकतालाई आफ्नो पार्टीले सकारात्मक रुपमा लिएको समेत बताए।
नेता विश्वकर्माले भने,‘निर्वाचन होस् भन्ने हाम्रो चाहना छ । सोहीअनुसार हामीले पहिला दल दर्ता पनि गर्यौ । आज बन्द सूचि बुझाउन आँउँदैछौ । केही समय पछि प्रत्यक्षको पनि उम्मेदवारी दर्ता हुन्छ । त्यो पनि हामी गर्छौ । तर यो बीचमा कुनै न्यायिक फैसला आयो भने सर्वोच्च अदालत वा न्यायपालिकाबाट त्यस्तो फैसलाआयो भने हामी त्यसलाई पनि स्वागत र पालना गर्दछौँ।’