काठमाडौं, १३ पुस । उपसभामुख इन्दिरा रानाले संसद् सचिवालयलाई गाडी फिर्ता गरेकी छन् ।
आइतबार कार्यकाल सकिएसँगै उपसभामुख रानाले आफूले चढ्दै आएकाे गाडी संसद् सचिवालयलाई बुझाएकी हुन् ।
उपसभामुख रानाले दुइटै गाडीकाे साँचाे संसद् सचिवालयका कर्मचारीलाई बुझाएकी थिइन् । त्यसपछि ट्याक्सी चढेर राना सिंहदरबारबाट निस्किएकी थिइन् ।