प्रधानमन्त्रीसँग भेटेपछि देउवाले भने- सबै दल चुनावमा जान तयार

प्रधानमन्त्रीसँग भेटेपछि देउवाले भने- सबै दल चुनावमा जान तयार

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार भएको बताएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिने क्रममा देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेकी थिइन्। ‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौं,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ । एमाले पनि रेडी छ । अरु दल पनि रेडी छ।’

त्यसका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने देउवाको भनाइ छ । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ उनले भने ।