काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहलाई पार्टीको दोस्रो वरियता र आगामी फागुन २१ गते निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा स्वीकार गर्ने सन्देश पठाएका छन्।
मेयर शाहले आगामी चुनावमा मिलेर जानका लागि गठन गरेको कार्यदलको बैठक अहिले जारी रहेको छ। उक्त बैठकमा सुनिल लम्साल, शिशिर खनाल, असिम साह, कुमार ब्यञ्जनकारलगायत रहेका छन् । उनीहरुले सहमतिको ड्राप्ट तयार गरिरहेको बताइएको छ।
दुवै पक्षबीच हुने सम्झौताको ड्राफ्ट बनाउनका लागि कार्यदल जुटिरहे र आज सम्झौतमा हस्ताक्षर हुनसक्ने बताइएको छ । अहिलेसम्म बालेनलाई पार्टीको दोस्रो वरीयता र आगामी चुनावमा प्रधानमन्त्रीको उम्मेवार बनाउने निश्चित रहेको बताइएको छ।