फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन : वर्षमान पुन

फागुन २१ गतेको निर्वाचनलाई धकेल्न मिल्दैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले सरकारले फागुन २१ गतेको निर्वाचनलाई धकेल्न नमिल्ने दाबी गरेका छन् ।

उनले निर्वाचनसम्बन्धी ऐन कानुन संशोधन गर्नु ठिक नहुने पनि संकेत गरेका छन् ।

सोमबार सिंहदरबारमा फागुन २१ को निर्वाचनबारे भएको सर्वपक्षीय छलफलमा पूर्वमन्त्री समेत रहेका पुनले फागुन २१ को निर्वाचनमा सकारात्मक सहयोग गर्न तयार रहेको बताए । तर निर्वाचनको तयारी सुरु भइसकेकाले नियमहरु परिवर्तन गर्न नहुने जिकिर गरे ।