काठमाडौं । नेकपा एमालेले भोलि केन्द्रीय समितिको बैठक बोलाएको छ।
नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक भोलि १ बजे कार्की ब्याङ्केटमा बस्नेगरी बोलाएको हो।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज भइसकेको छ।