जेनजीसँग सरकारको सम्झौता भएको भोलिपल्ट राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री

जेनजीसँग सरकारको सम्झौता भएको भोलिपल्ट राष्ट्रपति भेट्न शितलनिवासमा प्रधानमन्त्री

काठमाडौं। सरकार र जेनजी आन्दोलनका अगुवाहरुबीच हिजो सम्झौता भएको छ । उक्त सम्झौता भएको भोलिपल्ट बिहीबार प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितलनिवास पुगेकी हुन्।

२१ फागुनको निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्ने दायित्वमा रहेकी प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलसँग निरन्तर सम्वाद जारी राखेकी छिन्। आजको भेटमा चुनावको तयारीबारे ब्रिफिङ गर्ने बताइएको छ।

साथै, हिजोमात्रै जेनजी आन्दोलनका अगुवाहरुसँग भएको सहमतिको बारेमा पनि जानकारी दिने बताइन्छ।