११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल

११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाऔं : बादल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पार्टीको आगामी ११ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्नेमा जोड दिएका छन् । 

शुक्रबार प्रेस चौतारीले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिले प्रतिगामी शक्तिहरूले एमालेको नेतृत्वलाई सिद्ध्याउन चाहेको भन्दै अब नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न नसकिने बताए । 

उनले भने, एमालेको ११ औं महाधिवेशन एकताको महाधिवेशन बनाउनुपर्छ । प्रतिस्पर्धाको नामबाट नेतृत्वलाई विस्थापित गर्ने काम गर्नुहुँदैन् । पार्टीलाई एकताबद्ध गर्ने र नेतृत्वको रक्षा गर्नुपर्छ । अहिले प्रतिगामी शक्तिहरूले नेतृत्वलाई सिद्ध्याउन चाहन्छन् । र हाम्रो कर्तव्य भनेको नेतृत्वको रक्षा गरेर मात्रै प्रतिक्रान्तिहरुको षड्यन्त्र चिर्न सकिन्छ र क्रान्ति अगाडि बढाउँन सकिन्छ ।’

त्यस्तै उनले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओलीको कार्यशैली उचित नभएको भन्दै अध्यक्षको उम्मेदवारी घोषणा गरेको उल्लेख गरे । उनले अहिले ओलीको विकल्प कोही पनि नभएको धारणा राखे । 

एमालेलाई वामपन्थी आन्दोलनको मूल धारको रूपमा स्थापित गर्न, लोकप्रिय पार्टी बनाउन ओलीको महत्त्वपूर्ण योगदान रहेको उनको दावी छ ।