कामठमाडाैं। मिसेस नेपाल आइडल २०२५ को ट्यालेन्ट सो बिहीबार राजधानीको किम्ची बैंङ्क्वेट हलमा सम्पन्न भएको छ। विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगिता कार्यक्रमको नवौं संस्करणको रुपमा रहेको छ।
जसको बेष्ट ट्यालेन्ट अवार्डको लागि सो कार्यक्रम सम्पन्न भएको हो। हिमालयन मुभिज् प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न हुन गइरहेको सो प्रतियोगितामा करिब सवा दर्जन प्रतियोगीहरु सहभागी रहेका छन्।
बिहीबार सम्पन्न ट्यालेन्ट सो हिमालयन मुभिज् कि सिइओ तथा सिनियर फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रमुख आतिथ्यमा संचालन भएको थियो।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस डिभा नेपाल २०२५ संगिता अधिकारी, व्युटिसियन नेपाल २०२५ सुष्मा दाहाल, मिसेस मंगोल नेपाल २०२५ फस्ट रनरअप संगिता रानामगर, मिसेन मंगोल नेपाल २०२५ सेकेण्ड रनरअप शान्ति गुरुङ रहेका थिए भने अतिथिको रुपमा मिसेस मंगोल नेपाल २०२५ मल्टि मिडिया विनर मौसमी गुरुङ तथा मोष्ट पपुलर विनर सिता गुरुङ रहेका थिए।
ट्यालेन्ट सो कार्यक्रममा प्रतियोगीहरुले नृत्य, गायन, अभिनय, आर्ट, कविता, गजल, योगा लगायत विविध प्रतिभाहरु आकर्षक ढंगले प्रस्तुत गरेका थिए। अवसर पाएमा विवाहित महिलाहरुले पनि आफ्नो प्रतिभा प्रस्फुटन गर्नेछन् भन्ने कुराको झल्को सो कार्यक्रममा देखिन्थ्यो।
वेष्ट ट्यालेन्टको उद्घोष भने आगामी मंसिर मसान्तमा हुन गइरहेको ग्राण्ड फिनालेमा हुने आयोजक पक्षले जनाएको छ। साथै सम्पूर्ण प्रतियोगीहरुको प्रशिक्षण वन्दशत्र समेत चलिरहेको कुरा समेत जानकारी गराएको छ। ट्यालेन्ट सो कार्यक्रमको संचालन इभेन्ट म्यानेजर कोमलनाथ खतिवडाले गरेका थिए।