काठमाडौं । नेपाली मोडेल आश्मा विश्वकर्माले सामाजिक सञ्जालमा पोस्ट गरेको ४४ सेकेन्डको नृत्य भिडियो अहिले इन्टरनेटभरि तरङ्ग ्याउँदैछ। दक्षिण भारतीय अभिनेता रामचरणको फिल्म पेड्डी को ‘चिकरी चिकरी’ गीतमा आधारित भिडियो टिकटकमा १ करोड ६७ लाखभन्दा बढी पटक हेरिएको छ भने करिब १० लाखले लाइक गरेका छन्। फेसबुकमा त यो भिडियो दुइ करोड भन्दा धेरै पटक हेरिएको छ।
आश्माको डान्स स्टेप, पहिरन र प्रस्तुतीकरण दर्शकलाई यति मन परेको छ कि मूल गीतभन्दा धेरै आकर्षक लागेको भन्दै प्रतिक्रिया आइरहेका छन्। उहाँको भिडियो नेपाली मात्र होइन, बलिउड क्षेत्रमा पनि फैलिएको छ। गायिका दीपा झा, अभिनेत्री जान्ह्वी कपुर र फिल्म ‘पेड्डी’ को आधिकारिक पेजले समेत भिडियो सेयर गरेका छन्। रामचरणका फ्यान क्लबहरूले पनि प्रशंसा गर्दै भाइरल बनाएका छन्।
ट्यालेन्ट र बोल्ड मोडेलको छवि बनाउनुभएकी आश्मा विश्वकर्माका सात पोज आजको हिटा ब्लोअफमा प्रस्तुत गरेका छौं ।